मध्य बजार

बैंकको मध्य बजार इकाइले ठुला कर्पोरेट भन्दा सानो तर खुद्रा व्यापारी भन्दा ठुलो मध्यम वर्गका कम्पनीहरुलाई सेवा प्रदान गर्दै आएको छ। यो इकाइले विशेषतस् मध्यम वर्गका संस्थानहरुका विशेष आवश्यक्तहरुको अनुरुप विभिन्न सेवा र सुबिधाहरु प्रदान गर्दै आएको छ। यस्ता सेवाहरु आवश्यक्ता अनुसारका पनि हुन्छन् तर प्राय: बैंकले तर्जुमा गरेका दयारा अनुसारका पनि हुने गरेका छन्।

बैंकले हाल उत्पादन, व्यापार, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा कार्य गर्ने मध्यवर्गका उद्दोगहरुका लागि यस्तो सेवाहरु प्रवाह गर्दै आएको छ। अहिले सम्म पनि बैंक प्रणाली बाहिरबाट नै कर्जाका जोहो गरिरहेका यस्ता उद्दमीहरुको आवश्यक्ता बुझेर र बजारमा रहेको ठुलो रिक्तता पुर्तिका लागी बैंकले मध्यमवर्गका यस्ता उद्दोगहरुलाई कर्कजा सेवा र विस्तार र विकासका लागि चाहिने अन्य वित्तिय सुविधा र सुझावहरु प्रदान गर्दै आएको छ।

हामी संग आबद्ध संस्थाहरु देखि बाहेक पनि बैंकले बैकिङ कारोबार नै नगर्ने उद्दमीहरुलाई पनि वित्तिय सेवाको दायरामा लिएर आएर यस्ता आयमुलक र विकासशिल क्षेत्रमा लगानी बढाउँदै आएको छ। यो सेवा अन्तर्गत कर्जा सेवा मात्र नभइ बैंकले प्रदान गर्ने सम्पुर्ण सेवाहरु (वित्तिय वा गैऱ् वित्तिय) संस्थानको आवश्यक्ता अनुसार बैंकले प्रदान गर्दै आएको छ।

यी सेवाहरु बैंकका अत्यन्त जेहेनदार र व्यवसायिक टोलीका ( बैंकिङ सेवाको सम्पुर्ण जानकारी भएका) कर्मचारीहरुले प्रदान गर्ने भएकाले ग्राहकले बजारको उतार चढाव सम्बन्धी सुझाव पाउनुका साथै, बैंकको कुन सेवा हाल संस्थालाइ आवश्यक छ, त्यसको पहिचान गर्ने र सो सेवा लिनका लागी चाहिने सम्पुर्ण योजना तर्जुमा देखी कार्यनवयनसम्मको सेवा बैंकले प्रदान गर्दछ। विभिन्न व्यापारिक साझेदारीको सुझाव दिन पनि हाम्रा कर्मचारीहरु हरपल तयार नै रहेका हुन्छन्।

ग्राहकहरुको आवश्यकता बुझेर बैंकका बिभिन्न मौलिक सेवाहरु दिनु नै यो इकाइको मुख्य उद्देश्य हो। यही कारणले यो इकाइले बनाउने सेवाहरु बजारको आवश्यक्ता अनुरुप नै निर्धारण गर्ने गरिएको छ। यो इकाइ बैंकको टेकु शाखमा छ र यस इकाइले तर्जुमा गर्ने सेवाहरु बैंकका सबै शाखाहरुबाट लिन सकिन्छ।

यस्ता प्रकारका कर्जाको आकार सानो हुने भए पनि धेरै विविधता हुने भएका ले यसले, देशको अर्थतन्त्रमा ठुलै हिस्सा ओगट्ने मध्यवर्गका उद्दोगहरुको विकास र विस्तारमा राम्रो भुमिका खेल्ने गरेको छ। यसका कारण यस्त कर्जाको लाभ बैक र उद्दमी मात्र होइन पुरै अर्थतन्त्रलाई नै हुने गरेको छ।