इन्टरनेट बैंकिङ

लक्ष्मी सन्‌राइज आई-बैंक (iBank) लक्ष्मी सन्‌राइज बैंकको इन्टरनेट बैंकिङ सेवा हो। इन्टरनेटको उपयोगिता धेरै नहुँदा देखिनै बैंकले २००२ मा आफ्नो स्थापना सँगै इन्टरनेट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

अपग्रेड गरिएको आई-बैंक (iBank) सेवामा के नयाँ छ?

लक्ष्मी सन्‌राइज आई-बैंक (iBank) एक सुरक्षित र विकसित इन्टरनेट बैंकिङ सेवा हो जसबाट प्रयोगकर्ताहरुले आफनो व्यक्तिगत र व्यवासायिक दुबै कारोबारहरु सजिलो सँग अनलाईनबाटै पुरा गर्न सक्दछन्। आफ्नै घर वा अफिसमा बस्दा होस वा यात्रागर्दा होस, आई-बैंक (iBank) को सेवा जहाँबाट पनि चौबिसै घण्टा चलाउन सकिन्छ।

डिसेम्बर २००५ देखि लक्ष्मी सन्‌राइज बैंक लगातार रुपमा इन्टरनेट बैंकिङको शिक्षा जनस्तरसम्म पुऱ्याउनुका साथै, यो प्रयोग गर्दा सुरक्षित रहने विधिहरुको पनि निरन्तर शिक्षा प्रदान गर्दै आएको छ।

यसै सन्दर्भमा हामि हाम्रा ग्राहकहरुलाई केही कुराहरुमा ध्यानाकर्षन गर्ने गरेका छौं:

विशेषताहरु

  • अनलाइन सेवा लिने ग्राहकहरुले, इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्नु अघि, बैंकको वेबसाइटको सुरक्षा नियम पुरा पढेको र बुझेको हुनुपर्छ।
  • इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने बैंकले व्यक्तिगत विवरणहरुको अनाधिकृत पहुँच रोक्न पर्याप्त पुर्वतयारी गरेको हुनुपर्छ।
  • अनलाईन सेवा लिने ग्राहकहरुले निम्न बमोजिमका विभिन्न सुरक्षा विधि भएको नभएको याद गर्नु पर्ने हुन्छ:
    • सुचना आदन प्रदान गर्दा सुरक्षित तरिकाले गरिएको
    • सुचना इन्क्रिप्ट र स्क्र्याम्बल गरिएको
    • फायरवाल भएको
    • पासवर्डबाट सुरक्षित रहेको
    • निश्चित अवधिपछि स्वतस् साइन अफ हुने
  • कसैले सम्पर्क गरेर बैंकको प्रतिनिधी भएको दाबि गर्दै व्यक्तिगत विवरणहरु माग्छ भने, कहिले पनि विवरणहरु दिनु हुँदैन। यस्तो घटनाहरुबारे तुरुन्तै बैंकलाई सुचना दिनु पर्ने हुन्छ।
  • आफ्नो पासवर्ड चयन गर्दा सजिलै थाह पाउन सकिने शब्दहरुको चयन गर्नु हुन्न। उदाहरणका लागिस् आमाको नाम, जन्म मिति, पासपोर्टका अन्तिम अंकहरु, फोन नं, इत्यादि
  • शब्दकोषमा भएका शब्दहरुको प्रयोग पनि सकेसम्म गर्नुहुन्न।
  • आफ्नो पासवर्ड गाऱ्हो बनाउने सकभर प्रयास ग्राहकले गर्नुका साथै योु निरन्तर परिवर्तन गरिरहनु पर्छ। यो पासवर्डको सुरक्षा पनि गर्नु उत्तिकै जरुरी हुन्छ।