कलेक्सन व्यवस्थापन

विभिन्न व्यक्ती र संस्थानहरुबाट भुक्तानी संकलन गर्नु पर्ने संस्थान र कम्पनीहरुका लागी बैंकले एकदमै सरल भुक्तानी संकलन व्यवस्थापन सेवा सन्चालन गर्दै आएको छ। यस सेवाको दायरामा निम्न क्रियाकलापहरु पर्दछन्

  • भुक्तानी संकलन गर्ने मितीको बारेमा ग्राहकलाई पुर्वजानकारीको साथै मिती कटेपछी पनि जानकारी प्रदान गर्ने सेवा
  • बैंकको सबै शाखाहरुबाट भुक्तानी संकलन गर्ने मिल्ने। चाहिएको खण्डमा यो सुविधा बैंकको रेमिटेन्स नेटवर्कमाबाट पनि लिन सकिन्छ।
  • ग्राहकलाई भुक्तानी संकलन बारे जानकारी:
    • भुक्तानी संकलन हुनासाथ जानकारी
    • बैचमा दिने जानकारी:
      • इमेल
      • इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (EDI), जसबाट हामी डाटाबेसमा सिधै परिवर्तन गर्न सक्छौ
      • एसएमएस अलर्ट
      • वा यि सेवाहरुको मिश्रण
  • यदी तपाईंले अहिले अन्य कुनै इलेक्टरोनिक संकलन व्यवस्थापन सेवा प्रयोग गरि रहनु भएको छ भने, हामी संग काम गर्न एकदमै सजिलो छ।