भाइबर बैंकिङ

लक्ष्मी सन्‌राइज बैंकका सेवाहरु अब नेपालकै लोकप्रिय सन्देश प्लेटफर्म भाइबरमा पनि उपलब्ध छ।भाइबरमा लक्ष्मी सन्‌राइज बैंकको सारवजनिक प्रोफाइल (एकाउन्ट) सँग कनेक्ट हुनुहोस र बिना कुनै शुल्क आफ्नो खाताको विवरण पाउनुहोस।

प्राय: सोधिने प्रश्नहरु

लक्ष्मी सन्‌राइज बैंक भाइबर बैंकिङ एक डिजिटल बैंकिङ सेवा हो जसबाट तपाईंले आफ्नो लक्ष्मी सन्‌राइज बैंकको खाताको विवरण आफ्नो व्यक्तिगत भाइबर एकाउन्टबाट प्राप्त गर्न सक्नुहुन्छ। भाइबर एक विश्व प्रसिद्द सन्देश आदान प्रदान गर्ने एप हो जुन Google PlayStore र iOS Store दुबैमा निस्शुल्क उपलब्ध छ।

लक्ष्मी सन्‌राइज बैंकको सार्वजनिक प्रोफाइललाई सन्देश पठाएर यो सेवा सुचारु गर्न सकिन्छ। च्याट सुरु गर्न Hi वा Hello भनेर सन्देश पठाउनुहोला। आफुलाइ चाहिने सेवा लिन उचित बटनमा क्लिक गर्नुहोला। 

भाइबर बैंकिङ मार्फत तपाईँले निम्न सेवाहरु लिन सक्नुहुन्छ:
  • आफ्नो खाताको व्यालेन्स, विवरण र कारोबारको संक्षिप्त विवरण
  • शाखाको विवरण
  • एटिएमको विवरण
  • बैंकिङ समय
  • विदेशी विनिमय दर
  • बैंकका सेवा, प्रचार प्रसार र सुचनाहरु
  • बैंकको सामाजिक नेटवर्क
  • सुझाव पठाउन सकिने

भाइबर बैंकिङ चलाउन कुनै शुल्क लाग्दैन

उपलब्ध सेवाहरुमोबाइल मनीका ग्राहकहरुअरु सबै ग्राहकहरु
साधारण जानकारी
शाखा सम्बन्धि जानकारी
एटिएमको जानकारी – ठेगाना र नक्शा
बैंकिङ समय
विदेशि मुद्रा विनिमय दर
सार्वजनिक तथा महत्वपुर्ण सुचनाहरु
नयाँ सेवा सम्बन्धि प्रचार प्रसार
बैंकको सोसल साइटहरुको ठेगाना
बैंकलाइ सोझै सुझाव पठाउनुहोस
भाइबर बैंकिङ सम्बन्धी प्राय: सोधीने प्रश्नहरुको जानकारी
खाता सम्बन्धी जानकारी
सामान्य जानकारी – सबै खाताहरु
व्यालेन्स इन्क्वाएरी – सबै खाताहरु
कारोबारको संक्षिप्त विवरण – हालसालैका ५ वटा कारोबार देखाउने

(*) अरु सबै ग्राहक भन्नाले = (क) गैर-लक्ष्मी सन्‌राइज बैंकका ग्राहकहरुr (ख) मोबाइल मनी सेवा सुचारु नगरेका लक्ष्मी सन्‌राइज बैंकका ग्राहकहरु