शुभ बचत

शुभ बचत कुनै पनि कार्यालय वा संस्थाका कर्मचारीहरुलाई ध्यानमा राखी बनाइएको तलबी बचत योजना हो 

कुनै पनि संस्था को लागि त्यहाँका कर्मचारी हुन्छन् विशेष, त्यस कारण कार्यालयका कर्मचारीहरुको आवश्यकताहरुलाई मध्यनजर गरेर उनीहरुलाई उच्च प्रतिफलका तथा अतिरिक्त सुविधाहरुका साथ उत्कृष्ट बैंकिंग सेवा प्रदान गर्नु नै शुभ बचत खाताको उद्देश्य हो ।

लक्ष्मी बैंक नै किन रोज्ने?

भिसा डेबिट कार्ड

नि:शुल्क मोबाईल बैंकिङ्ग

नि:शुल्क इन्टरनेट बैंकिङ्ग

स्वास्थ्य बीमा सुविधा

दुर्घटना बीमा सुविधा

व्यक्तिगत कर्जा सुविधा

विशेष्ताहरु

  • ४% ब्याज दर, त्रैमाशिक भुक्तानी
  • नि:शुल्क VISA डेबिट कार्ड*
  • सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग’ प्याकेज नि:शुल्क**
    • मोबाईल बैंकिङ्ग तथा भाइबर बैंकिङ्ग सेवा
    • इन्टरनेट बैंकिङ्ग
    • ईमेल अलर्ट सेवा
    • डिम्याट खाता
    • मेरो शेयर खाता
  • बीमा सुविधाहरु***:
    • प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा
      • ओपीडी सुविधाको लागि रु.२०,०००
      • अस्पताल भर्नाको लागि रु. ८०,०००
    • रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा
  • अमेरिकी डलर ट्राभल कार्ड जारी गर्दा रु. २५० सम्मको छुट
  • नि:शुल्क चेकबुक
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
  • ASBA/C-ASBA सुविधाहरु

कर्जा सुविधा:

  • स्थायी कर्मचारीहरुका हकमा****:
    • मासिक तलबको १.५ गुणा (अधिक रु. १ लाख) सीमा भएको pre-approved क्रेडिट कार्ड सुविधा
    • मासिक तलबको ६ गुणा (अधिक रु. १५ लाख) सम्म को व्यक्तिगत कर्जा सुविधा

नियोक्ता संस्थालाई प्रदान गरिने थप सुविधा:

  • ओभरड्राफ्ट सुविधा – मासिक जम्मा तलब रकमको १.५ गुणा (अधिक रु.१० लाख) सम्म – बैंक सँग तलब खाता योजनमा आबद्व भएको ६ महिना पछी देखी मात्र
  • तलब खाता तथा व्यक्तिगत कर्जाको प्रकृया सरल बनाउन समर्पित सम्बन्ध प्रबन्धकको व्यवस्था

*पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी सेवा शुल्क तलिका अनुसार वार्षिक रु.३९९ लाग्नेछ ।
**पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी ‘ग्रीन बैँकिङ्ग प्याकेज’ वर्षिक रु.२९९ मा वा सेवा शुल्क तलिका अनुसार उपलब्ध गराईनेछ ।
***बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।
****बैंकको क्रेडिट/कर्जा नीति र नियोक्ता/संस्थाको सिफारिस पत्रको अधीनमा
 

शुल्कहरु

  • सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग प्याकेज’ सुविधा मात्र रु.२९९ मा
  • अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार

सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्

आवेदन दिनुहोस

  • खाता खोल्न तपाईंले Ctrl O मार्फत  अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।
  • यस तलबी योजनामा आबद्व हुनका निम्ति नियोक्ता/संस्था को कम्तिमा ५ जना कर्मचारी हुनु पर्नेछ ।

अन्य जानकारी

आवश्यक विवरण तथा कागजातहरू

  • नेपालको स्थायी ठेगाना
  • खातावालाको नागरिकता वा राष्ट्रिय परिचयपत्र
  • फोटो (२ प्रति)
  • वैध राहदानी (विदेशी नागरिकका लागी)
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)

अरु कागजात (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिल

कस्ले आवेदन दिन सक्छ?

  • यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
  • शुन्य न्युनतम मौज्दात खाता।

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ