लक्षित मुद्दती खाता

थोपा-थोपाले बन्छ सागर! बचत गर्नको निम्ति ठुलो रकम होईन – नियमितता भए पुग्छ ।

यहिँ सोचलाई सार्थक बनाउने लक्षित मुद्दती बचत – जसले तपाईंलाई नियमित रूपमा बचत गर्न प्रोत्साहन गर्दछ । यस प्रकारको मुद्दतीमा साधारण मुद्दती खाताको तुलनामा जस्तो एकमुष्ठ ठुलो रकम नचाहिने र महिनावारी यथाशक्य रकम जम्मा गर्न सकिने प्रावधान रहनुको साथै साधारण मुद्दती खाता बाराबर ब्याज दर प्राप्त हुन्छ, जसले तपाईंको बचतलाई उच्छ प्रतिफल दिन्छ ।

हरेक महिना आफ्नो तलब वा कुनै आयश्रोतबाट केहि अंश छुट्याई बचत गर्नेहरुको लागि उपयुक्त । 

विशेषताहरु:

  • मासिक निक्षेप मात्र रु.५०० बाट थालनी गर्न सकिने
  • मुद्दती बचत अवधि: १ वर्ष, २ वर्ष, ३ वर्ष, ४ वर्ष, ५ वर्ष
  • ब्याज भुक्तानी मुद्दतीको अवधि सकिएपछि वा त्रैमासिक रूपमा पाउन सकिने
  • आफ्नो खाताबाट निक्षेप रकम कटौती हुने मिती आफैले तोक्न मिल्ने
  • तोकिएको मितीमा निक्षेप रकम आफै कटौती भई लक्षित मुद्दती खातामा जम्मा हुनेछ
  • लक्षित मुद्दती खातावाला हरुले लक्ष्मी सन्‌राइज क्यापिटलमा DEMAT खाता नि:शुल्क खोल्न सकिने
  • ब्याज दैनिक रूपमा मुद्दती खातामा भएको रकम अनुसार गरिनेछ
  • कर्जा सेवा – लक्षित मुद्दती खातामा भएको मौज्दात रकमको ९०% सम्म
  • छुटेका किस्ताहरू वा समयपूर्व निकासीमा कुनै शुल्क लाग्ने छैन

लक्षित मुद्दती क्याल्कुलेटर

आफ्नो लक्षित मुद्दती बचतको प्रतिफल क्याल्कुलेट गर्नुहोस् ।

लक्षित मुद्दती क्याल्कुलेटर

रु
%
जम्मा रकम
नेरु ०
ब्याज
नेरु ०
अवधि पछी भुक्तानी हुने रकम
नेरु ०