ओरेन्ज सेभिङ्स् प्लस
कडा परिश्रम, उच्च प्रतिमान तथा अनुशाशनको अनुवयन गरेर आज तपाईं यो स्थानमा पुग्न सफल हुनुभएको छ । लक्ष्मी सन्राइज बैंकको अरेन्ज सेभिङ्स प्लस बचत खाताले तपाईंको यही सफलताको कदर गर्दै विशेष अतिरिक्त सुविधा प्रदान गर्दछ ।
सर्वोत्तम सुविधाहरुले भरिपूर्ण यस खाताले तपाईले मेहनत गरेर प्राप्त गर्नुभएको उच्च प्रतिफल जस्तै पनि तपाईको बचतको उचित प्रतिफल प्रदान गर्नेछ ।
लक्ष्मी सन्राइज बैंक नै किन रोज्ने?
नि:शुल्क भिसा डेबिट कार्ड
नि:शुल्क मोबाइल बैंकिङ
नि:शुल्क इन्टरनेट बैंकिङ
स्वास्थ्य बीमा सुविधा
दुर्घटना बीमा सुविधा
विशेषताहरु
- ५% ब्याज दर त्रैमासिक रुपमा भुक्तानी
- नि:शुल्क भिसा डेबिट कार्ड*
- सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग’ प्याकेज नि:शुल्क**
- मोबाईल बैंकिङ्ग तथा भाइबर बैंकिङ्ग सेवा
- इन्टरनेट बैंकिङ्ग
- ईमेल अलर्ट सेवा
- डिम्याट खाता
- मेरो शेयर खाता
- नि:शुल्क क्रेडिट कार्ड***
- नि:शुल्क ट्राभल कार्ड***
- बीमा सुविधाहरु:
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा****
- ओपीडी सुविधाको लागि रु.२०,०००
- अस्पताल भर्नाको लागि रु. ८०,०००
- रु. १०,००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा****
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा****
- सेफ डिपोजिट लकरमा विशेष छुट*****:
- सेक्युरिटी डिपोजिट शुल्क नलाग्ने
- बार्षिक सेवा शुल्कमा ५०% सम्म छुट*****
- सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
- ASBA/C-ASBA सुविधाहरु
* पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी सेवा शुल्क तलिका अनुसार वार्षिक रु.३९९ लाग्नेछ ।
**पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी 'ग्रीन बैँकिङ्ग प्याकेज' वर्षिक रु.२९९ मा वा सेवा शुल्क तलिका अनुसार उपलब्ध गराईनेछ ।
*** जारी शुल्क नलाग्ने । सेवा शुल्क तालिका अनुसार वार्षिक शुल्क लागु हुनेछ ।
****बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।
***** लकर खाली भएको खण्डमा – ५०% छुट पहिलो वर्षका लागि मात्र – दोस्रो वर्ष देखी सेवा शुल्क तलिका अनुसार पुरा
वार्षिक शुल्क लाग्नेछ |
शुल्क
- सम्पुर्ण ग्रीन –बैंकिङ्ग -बैंकिङ सेवाहरु मात्र नेरु २९९ प्रति वर्षमा
- अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार
हाम्रो पृमियम बचत खातासँग सर्वोत्कृष्ट बैँकिङ्ग अनुभव प्राप्त गर्नुहोस्
आवेदन दिनुहोस
- खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।
अन्य जानकारी
आवश्यक विवरण तथा दस्तावेजहरु
- नेपालको स्थायी ठेगाना
- राष्ट्रिय परिचयपत्र वा नागरिकता
- फोटो (२ प्रति)
- विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
- भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)
अरु दस्तावेज (लागु हुनेलाइ मात्र)
- एक अतिरिक्त परिचय पत्र, जस्तै सवारी चालक अनुमति पत्र,विद्यार्थीको परिचय पत्र वा राहदानी
- पानी तथा विजुलीको बिजक
कस्ले आवेदन दिन सक्छ ?
- यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
- यस खातामा रु. १०,००० को न्यूनतम मौज्दात हुन जरूरी छ ।
थप जानकारी
- ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिईने छैन ।
अन्य प्रश्नहरु?
- यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ