ग्रीन सेभिङ्स्

दिगो भविष्यको लागि बचत गर्नुहोस्

ग्रीन सेभिङ्स एक वातावरणमैत्री परिप्रेक्ष्यबाट सिर्जना गरिएको बचत खाता हो जसले तपाईंलाई दिगो भविष्यको लागि बचत गर्ने आत्मविश्वासका साथै वातावरणमैत्री विकल्पहरु प्रदान गरी ‘ग्रीन जीवन’ जिउन उत्प्रेरित गर्दछ ।

कुनै पनि कागज वा प्लास्टिकको प्रयोग न्युन गरिएको यस खातामा तपाईंले ‘पृमियम’ ब्याज दर पनि पाउनु हुनेछ – पर्यावरण मात्र नभई तपाईंको बैंक खाता पनि ‘ग्रीन’!

लक्ष्मी सन्‌राइज बैंक किन रोज्ने ?

नि:शुल्क मोबाइल बैंकिङ

नि:शुल्क इन्टरनेट बैंकिङ

ग्रीन बैंकइङ्ग

विशेषताहरु

  • ४.५% उच्च ब्याज दर
  • प्रत्येक ग्रीन सेभिङ्स खाता खोल्दा एउटा रुख रोपिने प्रतिबद्वता
  • आजीवन मोबाईल मनी र ईन्टरनेट बैँकिङ्ग (iBank XP)*
  • पूर्ण रूपमा डिजिटल – कागजरहित बैँकिङ्ग**
  • बीमा सुविधाहरु:
    • प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा***
      • ओपीडी सुविधाको लागि रु.२०,०००
      • अस्पताल भर्नाको लागि रु. ८०,०००
    • रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा***
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
  • ASBA/C-ASBA सुविधाहरु

*’ग्रीन’ बचत खाता भएकाले यस खाताका नयाँ ग्राहकहरूले खाता सञ्चालनमा रहुन्जेल मोबाइल मनी र iBank XP नि:शुल्क पाउनेछन् (राष्ट्र बैंकबाट नियामक परिवर्तनहरूको अधीनमा)। डेबिट कार्ड अनुरोध गरेमा सेवा शुल्कको तालिका अनुसार शुल्क लगाइनेछ।
** कागजरहित बैँकिङ्गको पहल अन्तर्गत डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै यस खातामा कुनै पनि चेक बूक प्रदान गरिने छैन ।
***बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।

शुल्क

दिगो भविष्यको लागि बचत गर्नुहोस्

आवेदन दिनुहोस

खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ ।

अन्य जानकारी

आवश्यक विवरण तथा कागजातहरू:

  • नेपालको स्थायी ठेगाना
  • खातावालाको नागरिकता
  • फोटो (२ प्रति)
  • विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)

अरु दस्तावेज कागजात (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिजक

कस्ले आवेदन दिन सक्छ?

  • यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
  • यस खातामा रु. ५,००० को न्यूनतम मौज्दात हुन जरूरी छ ।

विविध

  • ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिईने छैन ।

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ