मुद्दती निक्षेप खाता

आफ्नो लगानीमा निश्चित प्रतिफल पाउनका लागि मुद्दती निक्षेप खाता – निश्चित अवधिका लागि उच्च ब्याजदरका साथ आफ्नो बचत बढाउने सरल र प्रभावकारी तरिका ।

यस आवधिक मुद्दती खाताले तपाईंको बचतमा तोकिएको ब्याजदर दिनुका साथै आफ्नो आवश्यकता अनुसार अवधि छान्ने लचकता पनि प्रदान गर्दछ । पूर्वनिर्धारित लगानीको लक्ष्य भएका तथा निम्न जोखिमको लगानी खोज्ने जोकोहीका लागी यस खाताले अन्य बचत खाताको तुलनामा उच्च प्रतिफल प्रदान गर्दछ ।

  • मुद्दती खाता खोल्न र यसको व्यवस्थापनमा कुनै शुल्क नलाग्ने
  • नेरु १,००,००० को न्युनतम मौजदात (ग्रामिण भेगका शाखाहरुमा नेरु ५०,००० मात्र)
  • ३ महिना देखि ५ वर्ष सम्मको अवधि छान्न पाइने
  • अवधिको प्रकार अनुसार ब्याज भुक्तानी त्रैमासिक वा खाता अवधि सकिएपछी प्राप्त गर्ने विकल्प
  • मुद्दतीको खाताको निक्षेपको आधारमा ९०% सम्म कर्जा लिन सकिने
  • हाम्रो सबै मुद्दती खाताहरु DCGC को बचत ग्यारेण्टी प्रणाली अन्तर्गत रहेको छ (प्रति प्राकृतिक व्यक्तिको हकमा
    रु. ३००,००० सम्म)

मोबाईल मनी मार्फत सजिलै आवेदन दिना सक्नुहुनेछ वा नजिकैको शाखा जान सक्नुहुनेछ

ब्याज दर र अवधीहरु (लिङ्क)

एनआरएन मुद्दती खाता

गैरआवासीय नेपालीहरूका लागि बनाईएको विशेष मुद्दती खाता जस मार्फत आफ्नो विदेशी मुद्राको निक्षेपमा उच्च ब्याज दर प्राप्त गर्नुहोस् । त्रैमासिक ब्याज भुक्तानी वा अवधि सकिएपछी एकमुष्ठ भुक्तानि लिन सकिने विकल्पका साथै आफू रहेकै देशमा निक्षेप फिर्ता प्राप्त गर्न वा कुनै नेपाली खातामा नेरुमा जम्मा गर्न पनि सकिन्छ ।

नियमित बचत

नियमित बचत गरेर राम्रो प्रतिफल चाहनेहरुका लागी लक्ष्मी सन्‌राइज बैंकले लक्षित मुद्दती योजना ल्याएको छ। बैंकमा बचत खाता हुनेहरुले हरेक महिना एक निश्चित रकम यो खातामा राख्न सक्नेछन्। यो खातामा लगभग अरु मुद्दती खाता सरह नै प्रतिफल पनि पाईनेछ।

  • मासिक लगानी रकम न्युनतम नेरु ५०० हुनु पर्ने
  • अवधी: १-५ वर्ष
  • ब्याज भुक्तानी:
  • अवधी पश्चात वा
  • जोडिएको बचत खातामा हरेक त्रैमासिक
  • खातावालाले रकम जम्मा हुने मिति चयन गर्न सक्ने
  • बैंकले चयन गरेको मितीमा आफैं रकम निकाल्ने छ
  • यो खाता खोल्ने ग्राहकहरुले नि:शुल्क डि-म्याट खाता खोल्न सक्नेछन्
  • ब्याज दर को हिसाब दैनिक मौजदातमा हुनेछ
  • मौजदातको ९०% सम्मको कर्जा लिन सकिने
  • किस्ता बुझाउन छुटेमा कुनै जरिवाना नलाग्न

ब्याज दर र अवधीहरु (लिङ्क)

मुद्दती निक्षेप खाता क्याल्कुलेटर

रु
%
जम्मा रकम
Rs. 0
ब्याज
Rs. 0
अवधि पछी भुक्तानी हुने रकम
Rs. 0

गैऱ् आवसिय नेपाली आवधिक मुद्दती खाता

गैऱ् आवसिय आवधिक मुद्दती% प्रति वर्ष
अमेरिकी डलर४.५०%
ब्रिटिश पाउण्ड ४.००%
युरो३.५०%
अस्ट्रेलियन डलर ३.५०%

अवधी: १ देखी ३ वर्ष
न्युनतम मौजदात: अमेरिकी डलर १,००० वा माथी

प्राय: सोधिने प्रशनहरु

नेपाल सरकारको विदेश मन्त्रालय वा नेपाली राजदुतावासहरुले जारी गरेको वैध गैऱ् आवसिय नेपाली परिचय पत्र भएका गैऱ् आवसिय नेपालीहरुले यो खाता खोल्न सक्छन्।

न्युनतम मौजदात ५,००० अमेरिकी डलर (वा सो सरहको अरु विदेशी मुद्रा) हो

यो खाता अमेरिकी डलर, ब्रिटिश पाउण्ड, युरो र अस्ट्रेलियन डलरमा खोल्न सकिन्छ।

२०७६/०५/१२ मा राष्ट्र बैंकले जारी गरेको ०२/२०७६/७७ नंको सर्कुलरका अनुसार मुद्दती अवधी पश्चात विना कुनै सिफारीस तपाईंको देशको खातामा स्वत: जम्मा गर्न सकिन्छ।

हाल, १ वर्ष अगाडी रकम निकाल्न मिलदैन। १ वर्ष पछी भने अवधी अगाडी रकम बैंकको नियमानुसार निकाल्न सकिन्छ।

राष्ट्र बैंकको अन्तर्गत बैंक तथा वित्तिय संस्था ऐन अन्तरगत विगत १९ वर्ष देखी सञ्चालनमा रहेको लक्ष्मी सन्‌राइज बैंक नेपालको शेयर बजारमा सुचिकृत कम्पनी हो। बैंकको वित्तिय विवरणहरु हाम्रो वेबसाइट (www.laxmisunrise.com) मा उपलब्ध छन् र हामीलाई ICRA Nepal  हालसालै BBB+ रेटिङ प्रदान गरेको छ। 

  • उच्च ब्याज दर (हालका दरहरु हाम्रो दरहरुक पृष्ठमा लेखिएको छ)
  • नेपाली मुद्रामा वा विदेशी मुद्रामा (साउँ र ब्याज सहित) रकम फिर्ता लान सकिने
  • प्रतिफलको ग्यारेण्टी

हाल बैंकले १ देखी ३ वर्षको अवधीका लागि यो खाता खोल्ने गरेको छ।

हाल, यो खाता कम्पनीको नाममा खोल्न मिल्दैन।

तपाईंले हाम्रो बैंकमा स्विफ्टबाट सजिलै ट्रान्सफर गर्न सक्नुहुनछ। हाम्रो स्विफ्ट कोड LXBLNPKA हो। बैंकिङ माध्यमबाट नै पैसा पठाउनु पर्ने हुन्छ। 

नेपाली रुपैयाँमा बैंकको नियमानुसार कर्जा लिन सकिन्छ।

सरल छ। हाम्रो गैऱ् आवसिय नेपाली आवधिक मुद्दती खाता खोल्ने अनलाइन आवेदन फारम भर्नुहोस अनलाइन आवेदन फारम भर्नुहोस र हाम्रो कर्मचारीले तपाईँलाई सम्पर्क गर्नेछन्।