प्रिपेड डलर कार्ड

अन्तर्राष्ट्रिय सेवा तथा सामान सजिलै अनलाइन खरीद गर्नुहोस् ।

लक्ष्मी सन्‌राइज OrangE-कार्ड अमेरिकी डलर प्रिपेड कार्ड हो, जस मार्फत अन्तर्राष्ट्रिय सेवा तथा सामान खरीद गर्दा विदेशी मुद्रामा भुक्तानी गर्न सकिन्छ । यस कार्डबाट तपाईंले विभिन्न सेवाहरु जस्तै स्ट्रिमिंग प्लेटफर्मको सदस्यता, वेब-सर्भर होस्टिंग, सुरक्षा प्रमाणपत्र, अनलाइन कोर्षहरु खरीद गर्न साथै अनलाइन विज्ञापन मार्फत आफ्नो सामाजिक स~जाल प्रोमोसन गर्दा सजिलै भुक्तानी गर्न सक्नुहुनेछ । यसबाहेक,आफ्नो मन पर्ने अन्तर्राष्ट्रिय ई-कमर्स साइटहरु बाट अनलाइन किनमेल गर्दा भुक्तानी गर्न सक्नुहुन्छ ।

सुविधाहरु

  • VISA नेटवर्क अन्तर्गत नेपालको कानूनद्वारा अनुमति प्राप्त सबै अन्तर्राष्ट्रिय अनलाइन मार्केटप्लेसहरूमा स्वीकार्य
  • अत्याधिक सुरक्षित अन्लाईन कारोबारका लागि 3D Secure Service उपलब्ध
  • लक्ष्मी सन्‌राइज मोबाइल मनी मार्फत तुरन्तै कार्ड ब्लक/अनब्लक/पिन रिसेट वा ग्रिन पिन Apply गर्न सकिने
  • इमेल मार्फत कारोबारको जानकारी पाईने
  • ५ वर्षसम्मको वैधता

शुल्क:

  • सेवा शुल्कको अनुसुची अनुसार शुल्क लागत हुने

प्रयोग गर्ने सर्तहरू

  • कार्डमा अधिकमा वार्षिक ५०० अमेरिकी डलर लोड गर्न सकिने
  • विदेशी मुद्रामा आयश्रोत हुनेहरुको हकमा वार्षिक ५००० अमेरिकी डलर भन्दा बढी नहुने गरी थप रकम कार्डमा लोड गर्न सकिने प्रावधान
  • नेपाली कानुन बमोजिम प्रति व्यक्ति एउटा मात्र कार्ड जारी गर्न पाइनेछ
  • यो कार्ड अनलाइन करोबार्हरुको लागि मात्र प्रयोग गर्न सकिनेछ; POS र एटीएम कारोबार गर्न मिल्ने छैन
  • यो कार्ड नेपालको कानूनको अनुमति प्राप्त सामान तथा सेवाको खरिदको प्रायोजनका लागि मात्र

योग्यता

  • प्यान कार्ड भएका नेपाली नागरिकहरुले आवेदन दिन सक्नुहुनेछ

आफ्नो कार्ड सम्बन्धी ध्यान दिनु पर्ने कुराहरु :

  • आफ्नो कार्डको PIN कसैलाई पनि नदिनुहोस्
  • कार्ड हराए वा चोरी भएमा तुरुन्तै रिपोर्ट गर्नुहोस्
  • आफ्नो कार्डको पिन समय-समयमा परिवर्तन गर्नुहोस्
  • प्रत्येक कारोबार पछि सो कारोबार्को एसएमएस / इमेलमा आएको सूचना रुजु गर्नुहोस्
  • कारोबारहरूको प्रमाणीकरणका लागि खाता विवरण जाँच गर्नुहोस्
  • कुनै शन्कास्पद कारोबारहरू फेला परेमा तुरुन्तै बैंकमा सम्पर्क गर्नुहोस्

Apply Now

    कार्ड-सम्बन्धित कुनै पनि जानकारीका लागि, कृपया कार्डहरु बारे सोधिने प्रश्नहरू (FAQs Related to Cards) हेर्न सक्नुहुनेछ ।

    कृपया कार्डको प्रयोग र लागतको समबन्धी नियम, सर्तहरू र सेवा शुल्कहरूको अनुसूची ध्यानपूर्वक पढ्नुहोला। कुनै प्रश्न वा समस्या भएमा आफ्नो नजिकको लक्ष्मी सन्‌राइज बैंकको शाखा वा हाम्रो Cards and Digital Channel Operations मा ०१-४३७१४८४, ४३७३१८१, ४३७३१८३ वा  dxsupport@laxmisunrise.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।