Anti-Money Laundering (AML)
लक्ष्मी सन्राइज बैंकले आन्तरिक प्रायोजनको लागी एक अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विस्तृत सम्पत्ति शुद्धीकरण नियन्त्रण नीति कार्यान्वयन गरेको छ। हामी हाम्रो सम्पत्ति शुद्धीकरण नियन्त्रण रणनीति र प्रक्रियाहरूलाई निरन्तर रूपमा परीक्षण गरी वित्तीय कम्पनीका लागि उत्कृष्ट अभ्यासहरू प्रतिबिम्बित गर्ने प्रभावकारी सम्पत्ति शुद्धीकरण नियन्त्रण प्रणाली कायम राख्न प्रतिबद्ध छौं। हामी र हाम्रा कर्मचारीहरु सम्पत्ति शुद्धीकरण नियन्त्रण अनुपालनाको उच्च मापदण्डहरू को पालना गर्न प्रतिबद्ध छौं । हामीले पालना गर्ने न्यूनतम मापदण्डहरू निम्न प्रकार रहेका छन्:
- खाता खोल्नु र / वा खाता सञ्चालन गर्नु अघि ग्राहकको पहिचान पुष्टि / सुनिश्चित गरिन्छ।
- सामान्यतया, नयाँ खाताहरु खोल्ने बखतमा खाता खोल्नु को उद्देश्य र रकमको स्रोत जस्ता जानकारी विस्तृत रूपमा विश्लेषण गरिन्छ ।
- कुनै पनि शंकास्पद कारोबार माथिल्लो तहलाई रिपोर्ट गरिन्छ ।
- पहिचानको लागि प्राप्त गरिएको कुनै पनि डाटा सुरक्षित राखिन्छन्।
- कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण नियन्त्रण अभ्यासहरु बारे नियमित रूपमा प्रशिक्षण दिईन्छ।
सम्पत्ति शुद्धीकरण गतिविधि रोक्नको लागि हाम्रो प्रयासमा सम्बन्धित सबैको सहयोगको अपेक्षा गर्दछौं।