मेरो भुमी बचत खाता (रेमिट्यान्स)

आफू र आफ्नो परिवारको सपना साकार गर्न विदेशी मुलुकमा कडा परिश्रम गरिरहनु भएको तपाईंको अटल संकल्पको कदर गर्दछ ‘मेरो भूमि’ बचत खाताले ।

सर्वोच्च ब्याजदर सहित अन्य अतिरिक्त विशेषताहरुका साथ मेरो भूमि बचत खातले तपाईंको मेहेनतको कमाईमा उत्कृष्ट
प्रतिफल सुनिश्चित गर्दछ ।

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने ?

VISA डेबिट कार्ड

मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा

बीमा सुविधा

विशेषताहरु:

  • ५.५% ब्याज दर
  • प्रवासी कामदार तथा उनीहरूका घरपरिवारका लागि बनाइएको विशेष खाता *
  • बीमा सुविधाहरु:
    • प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा**
      • ओपीडी सुविधाको लागि रु.२०,०००
      • अस्पताल भर्नाको लागि रु. ८०,०००
    • रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा**
  • नि:शुल्क चेकबुक
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
  • ASBA/C-ASBA सुविधाहरु

* विदेशमा काम गर्दै आएका रेमिटरले स्वदेशमा बस्ने आफ्नो परिवार वा लाभार्थीहरूलाई पठाउने रेमिट्यान्स रकम जम्मा गर्नको लागि मात्र। हाल, यो बचत खाता श्रम स्वीकृति लिएर विदेशमा काम गर्ने आप्रवासी कामदारहरूको लागि मात्र हो।

** बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।

शुल्कहरु

  • सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग प्याकेज’ सुविधा मात्र रु. २९९ मा
  • अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार

सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्

आवेदन दिनुहोस

  • विदेशमा काम गर्दै आएका रेमिटरले स्वदेशमा बस्ने आफ्नो परिवार वा लाभार्थीहरूलाई पठाउने रेमिट्यान्स रकम जम्मा गर्नको लागि मात्र। यो खाता विदेशमा काम गरिरहनुभएका रेमिटरहरू वा नेपालमा रहेका रेमिटरको परिवारका सदस्यहरूले खोल्न सक्दछन्।
  • खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।

अन्य जानकारी

आवश्यक विवरण तथा दस्तावेजहरु

  • नेपालको स्थायी ठेगाना
  • खातावालाको नागरिकता वा राष्ट्रिय परिचयपत्र
  • फोटो (२ प्रति)
  • विदेशको श्रम भिसा / श्रम स्विकृती

अन्य दस्तावेज (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र, जस्तै सवारी चालक अनुमति पत्र,विद्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिल

कस्ले आवेदन दिन सक्छ?

  • यदि तपाइँ १८ वर्ष भन्दा बढी हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नु हुनेछ ।
  • न्युनतम मौज्दात ।

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ