व्यवसाय विकास

लक्ष्मी सन्‌राइज बैंकको ठुला ठुला कारोबार गर्ने दायित्व पाएको इकाई व्यवसाय विकास इकाइ हो। सरकारी संस्थान र नगमहरु, अन्तराष्ट्रिय वित्तिय संस्थानहरु, पब्लिक कम्पनी र अरु निजी कम्पनीहरुसंगको सम्बन्ध प्रबर्द्धन गर्ने जिम्मेवारी यो इकाइले पाएको छ।

बैंकका कुशल कर्मचारीको एक टोलीले यी संस्थानहरुसंगको सम्बन्ध गाढा बढाउने र यी संस्थाहरुलाई चाहिने विभिन्न किसिमका बैंकिङ सुविधाहरु प्रदान गर्ने गरेको छ। यो इकाईले लगानी र वित्त सुझाव, रकम व्यवस्थापन र अरु बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

बैंकको सेवा बेच्न भन्दा पनि बैंकका कर्मचारीले समाधानको खोजीमा हाम्रा ग्राहकहरुको हरपल मद्दत गरिरहने हुनाले हाम्रा ग्राहकहरुले हाम्रो सेवा रुचाउनुका साथै हामीले बजारमा आफुलाई भिन्न रुपले प्रस्तुत पनि गर्न सकेका छौं।

प्रदान गरिने सेवाहरु

काउन्टर ग्यारेन्टीको आधारमा दिइने ग्यारेन्टी

नेपालमा विदेशी कम्पनीहरुले ठुला ठुला पूर्वाधार विकासका परियोजना गर्दा र त्यस्तो परियोजनाको बिडमा भाग लिंदा विभिन्न बिड-बण्ड, पर्फर्मान्स ग्यारेन्टी वा अग्रिम भुक्तानी ग्यारेन्टीहरु चाहिने हुन्छन्। बैंकले यस्ता कम्पनीहरुलाई विदेशी बैंकले प्रदान गरेको काउन्टर ग्यारेन्टीको आधारमा बैंक ग्यारेन्टी प्रदान गरि मद्दत गर्ने गरेको छ।

परियोजनाका लागी कन्ट्र्याक्टरलाई कर्जा लगानी

बैंकले कन्ट्य्राक्टरहरुलाई परियोजनाका लागी चाहिने विभिन्न सेवाहरु जस्तै बिड-बण्ड, पर्फर्मान्स ग्यारेन्टी, आदी प्रदान गर्नुका साथै परियोजनाका लागि चाहिने कर्जा सुविधा पनि प्रदान गर्दै आएको छ।

कार्यशील पूंजी व्यवस्थापन

संस्थान वा कम्पनीहरुमा छोटो समयका लागि हुने रकम अभावलाई ध्यानमा राखी बैंकले छोटो अवधीका लागि कर्जा प्रवाह गर्ने गरेको छ। यस्तो कर्जा प्रवाह गर्दा बैंकले हरेक संस्थाको आधारभुत आवश्यक्ताहरुलाई ध्यानमा राखी फरक फरक किसिमको समाधानहरु दिने गरेको छ।

लामो अवधीका लागि दिइने कर्जा

कम्पनी वा संस्थानहरुलाई आफ्नो व्यापार विस्तार वा नयाँ पूर्वाधार विकासका लागि समय समयमा लामो अवधिका लागि कर्जाको आवश्यक्ता हुने गर्दछ। यस्ता कम्पनीहरुलाई उनीहरुको परियोजनाको विस्तृत अध्ययन गरेर, चाहिने लागत र भविष्यमा हुने नाफा नोक्शानको हिसाब गरे पश्चात बैंकले लामो अवधीका लागि चाहिने यस्ता कर्जाहरु प्रवाह गर्दै आएको छ।

व्यापारका लागि लगानी

निर्यात तथा आयातमा आधारित उद्दोगहरुका लागि पनि लक्ष्मी सन्‌राइज बैंकले विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ। बैंकले ग्राहकहरुलाई निर्यात वा आयातका लागि चाहिने कर्जा लगानी (नेपाली मुद्रामा वा विदेशी मुद्रामा) राष्ट्र बैंकको नियमानुसार प्रदान गर्दै आएको छ।