अनलाइन रहँदा सुरक्षा

कुनै पनि बिलको भुक्तानी गर्न होस, खाताको विवरन हेर्न होस, वा कुनै पनि खातामा रकमांतर गर्न होस, आई-बैंक (iBank) सेवाले यी सबै कारोबारहरुलाई द्रुत र सुलभ बनाएको छ। यसका साथ साथै, विभिन्न सुरक्षा जोखिमहरु पनि उत्तिकै हुने हुनाले, ग्राहकहरु आफ्नो व्यक्तिगत विवरणहरु चोरी प्रति चनाखो हुनु उत्तिकै जरुरी पनि छ।

अनलाइन बैंकिङ सुरक्षित साथ चलाउनका लागि अनिवार्य केहि महत्वपुर्ण सुझावहरु तल विस्तृत गरिएको छ।

लग इन गर्दा लिनु पर्ने सुरक्षा संयमता

  • साइबर क्याफे, पुस्तकालय जस्ता सर्वसाधारणको प्रयोगका लागि राखिएको कम्प्युटरहरु बाट सकेसम्म बैंकिङ कारोबार नगर्नुहोस। यस्ता ठाउँमा राखिएको कम्प्युटरबाट अनलाइन बैकिङ चलाउनै परेको खण्डमा सबै क्याश (cache) र अस्थायी फाइलहरु डिलिट गर्नुका साथै ब्राउजरलाई आफ्नो आइ.डी. र पासवर्ड कहिलै याद गर्न दिनु हुँदैन।
  • यदि कुनै पनि समय यस्तो ठाउँबाट अनलाइन बैंकिङ चलाउनु भएको छ भने, तुरुन्तै आफ्नो पासवर्ड परिवर्तन गरिहाल्नु पर्ने हुन्छ।
  • किबोर्ड प्रयोगका कारण हुने विवरण चोरी रोक्न स्क्रिनमा रहेको किबोर्ड प्रयोग गर्नुहोला। यसो गर्दा पनि कसैले तपाईंको विवरण दर्ता गरेको चियो गरेको छ कि छैन भन्ने हेक्का पनि राख्नु पर्ने हुन्छ।
  • अनलाइन बैंकिङ चलाइसकेपछि अनिवार्य रुपले अनलाइन बैंकिङबाट लग अफ गर्नुहोला।
  • आफ्नो ब्राउजरको “अटो कम्प्लिट (Auto Complete)” सेवा नचलाउनुहोस।

तपाईंको खाताको विवरणको सुरक्षा

  • आफ्नो पासवर्ड समय – समयमा निरन्तर परिवर्तन गरिराख्नु पर्छ र यो पासवर्ड आफुसँग सुरक्षित राख्नुपर्छ।
  • पासवर्ड चयन गर्दा अंग्रेजी अक्षर (ठुला र साना दुबै), अंक र चिन्हहरु भएको बलियो पासवर्ड बनाउनु पर्छ। एउटै पासवर्ड दुई ठाउँमा प्रयोग गर्न पनि हुँदैन।
  • पासवर्डलाई कतै लेखेर नराख्नुहोस। पासवर्डको सही ठाउँ तपाईंको स्मरण शक्ति मात्रै हो।

आफ्नो कम्प्युटर वा मोबाइललाई सुरक्षित राख्नुहोस

  • एन्टी भाइरस र फायरवाल हाल्नुहोस र यी सबैको निरन्तर अपडेट लिनुहोस। OS पनि निरन्तर अपडेट गर्नुपर्छ। र आफ्नो फोन र कम्प्युटर अरुसंग आदनप्रदान गर्नु हुँदैन।
  • व्यक्तिगत विवरण माग्ने इमेलहरुलाइ कहिले पनि जवाफ पठाउनु हुँदैन।
  • लक्ष्मी सन्‌राइज  बैंकमा कार्यरत कुनै पनि व्यक्तिले तपाईंको व्यक्तिगत विवरण, फोन, इमेल वा व्यक्तिगत भेटमा कहिलै पनि माग्दैनन्। बैंकको कर्मचारीले तपाईंको पासवर्ड पनि कहिले पनि माग्दैनन्। कसैले यस्तो विवरण तपाईंसंग मागेको छ भने, कदापि त्यस्तो विवरण नदिनु र बैंकको इमेल () मा तुरुन्त पत्रचार गर्नु पर्छ। email to infosec@laxmisunrise.com.

बलियो र नविन पासवर्ड राख्नुहोस

  • पासवर्ड चयन गर्दा अंग्रेजी अक्षर (ठुला र साना दुबै), अंक र चिन्हहरु भएको बलियो पासवर्ड बनाउनु पर्छ। एउटै पासवर्ड दुई ठाउंमा प्रयोग गर्न पनि हुँदैन। पासवर्ड कम्तिमा ८ वटा वर्णको हुनुपर्छ ।चलनचल्तीका शब्द, वाक्यांशहरु जुन सजिलै अनुमान गर्न सकिन्छ, त्यस्तो पासवर्ड सकभर प्रयोग गर्नुहुँदैन।
  • एउटै पासवर्ड दुई ठाउँमा प्रयोग गर्न नहुने इन्टरनेटको सिद्धान्तको अबलम्बन गर्नुपर्छ।

तपाईंले प्रयोग गर्ने बैंकको वेबसाइट सुरक्षित भए नभएको जाँच गर्नुहोला

  • जहिले पनि बैंकको URL ब्राउजरको अड्रेस बारमा टाइप गरेर बैंकको वेबसाइटमा जानु सबै भन्दा सुरक्षित हो। इमेलहरुबाट आएका लिङ्कहरु क्लिक गर्दा अर्कै वेबसाइटमा लगि विवरणहरु चोरी हुने संभावना हुन्छ। त्यसैले बैंक विवरन हाल्नुभन्दा अगाडी बैंकको आधिकारिक वेबसाइट भए-नभएको पुष्टी गर्नु पर्ने हुन्छ।
  • यदि अड्रेस बार देखिएको छ भने, URL “https://www.laxmisunrise.com/………” बाट शुरु भएको हुनु पर्ने हुन्छ।
  • बैंकको SSL प्रमाणपत्र ताला चिन्हमा क्लिक गरि बैंककै भए-नभएको पनि पुष्टी गर्न सकिन्छ।

Validate the SSL Certificate

  • If you are in any doubt about the website, click on the lock icon at the top of the secured page. This opens up a new window, displaying the SSL certificate information. Ensure that there is no Red Cross mark preceding the title ‘Certificate Information’.
  • When you click on certificate detail it shows that it is issued to: https://www.laxmisunrise.com

लाईसेन्स भएको एन्टी-भाइरस सफ्टवेयर मात्र चलाउनुहोस

  • आफ्नो कम्प्युटरलाई नयाँ-नयाँ भाइरसबाट सुरक्षित गर्नकालागि सँधै नयाँ र अपडेट भइराख्ने लाइसेन्स भएको एन्टी-भाइरस सफ्टवेयर प्रयोग गर्नुपर्छ र यो सफ्टवेयरको निरन्तर अपडेट गरिराख्नु पर्छ।

सुरक्षित भुक्तानी माध्यमहरु मात्र प्रयोग गर्नुहोस

  • अनलाइन कारोबार गर्दा, भुक्तानी माध्यम सुरक्षित र कुनै तेश्रो पक्षले प्रमाणिकरण (Verisign, Comodo, Trustwave etc) गरेको छ कि छैन हभर्नु पर्नेहुन्छ। यसो गर्दा तपाईंको अनलाइन कारोबार सुरक्षित हुन्छ।  
  • अनलाइन कारोबार गर्दा हेक्का राख्नु पर्ने केहि कुरा हरु:
    • आफ्नो एन्टिभाइरस, एन्टिस्पाइवेयर स्प्याम फिल्टरहरु र सुरक्षित फायरवाल अप्डेट गरेको हुनुपर्छ।
    • यदि कुनै अनलाइन पसलले तपाईंको निजी विवरण माग्छ भने (जस्तै बैंकको login id, आदि), त्यस्तो अनलाइन पसल (साइट) हरुबाट कारोबार नगर्नुहोस।
    • वित्तिय विवरण माग्ने इमेलहरुसंग खबरदार हुनुहोस।
    • अनलाइन साइट कत्तिको विश्वस्निय छ, त्यसबारे बुझ्नुहोस।
    • सुरक्षाका नियमहरु फढ्नुहोस र बुझ्नुहोस, जसका कारणले साइटले कसरी कारोबार प्रशोधन गर्छ भन्ने ज्ञान तपाईंलाई हुन्छ।

फिशिङ भनेको के हो?

  • ह्याकरहरुले तपाईंको व्यक्तिगत विवरणहरु जस्तै खाता नं, इन्टरनेट बैंकिङका आइ.डी. र पासवर्डहरु गैऱ् कानुनी रुपले हासिल गर्ने प्रकृयालाई नै फिशिङ भनिन्छ।
  • फिशिङ गर्न धेरै प्रयोग गर्ने माध्यम भनेको इमेलबाट हो। ह्याकरहरुसंग यस्ता इमेलहरुको ठुलो संग्रह हुन्छ, जुन प्रयोग गरि उनिहरुले तपाईंलाई अरु व्यक्तिले पठाउने जस्तै इमेल पठाउने गर्छन्।
  • यस्तो इमेलले तपाईलाई खाली एउटा लिंकमा क्लिक गर्न र सो लिंकमा पुगेपछि तपाईंको व्यक्तिगत विवरण राख्नुहोस भन्ने खालको सन्देश हुन्छ। यस्तो लिंक क्लिक गर्नका लागि ह्याकरहरुले अनेक बाहना पनि बनाउने गरेको पाइएको छ। यस्तो लिंकहरुमा कहिले पनि क्लिक गर्नु हुँदैन।

लक्ष्मी सन्‌राइज बैंक वा बैंकमा कार्यरत कुनै पनि व्यक्तिले तपाईंको व्यक्तिगत विवरण, फोन, इमेल वा व्यक्तिगत भेटमा कहिलै पनि माग्दैनन्। बैंककोा कर्मचारीले तपाईंको पासवर्ड पनि कहिले पनि माग्दैनन्। कसैले यस्तो विवरण तपाईंसंग मागेको छ भने, कदापि त्यस्तो विवरण नदिनु र बैंकको इमेल (infosec@laxmibank.com)  मा तुरुन्त पत्रचार गर्नु पर्छ।