कल खाता

कल खाता

  • ब्याजको हिसाब दैनिक रुपमा गरिने र अर्ध(वार्षिक रुपमा ब्याज भुक्तानी हुने
  • रकम निकाल्न कुनै सीमा नभएको
  • बचत खाता जस्तै सुविधा सहित खाता सन्चालन गर्न सकिने

कल खाता एक लचिलो ब्याज दिने खालको बचत खाता हो जसमा एक निश्चित रकम बराबरको मौजदात राख्नु पर्ने हुन्छ र ब्याजदर पनि पहिले नै तय गरिएको हुन्छ। कल खातामा जति सुकै रकम निकाल्न सकिने लचकता पनि हुन्छ। यस देखि बाहेक, चल्ती खाता र कल खातालाई एक आपससँग जोडी चल्ती खातामा चाहिने भन्दा बढी रकम स्वतस् कल खातामा जाने व्यवस्था पनि मिलाउन सकिन्छ। यसो गर्दा तपाईँले दैनिक ब्याजबाट लाभ पनि पाउनुहुन्छ।

स्विप खाता

स्विप खाता एक नविन प्रकारको बचत खाता हो जसको प्रयोगले आफ्नो चल्ती खातामा बढि रहेको रकम स्वतस् कल खातामा जाने व्यवस्था गर्न मिल्छ। यस्तो रकमान्तरण हरेक दिनको अन्त्यमा हुने भएकाले यसबाट तपाईको बचतको ब्याजमा हुने व्यय पनि कम हुन्छ। चल्ती खाता रकम निकाल्दा, कल खातामा भएको रकम पनि निकाल्न(स्विप गर्न) मिल्छ।

यस्तो खाता लिनका लागी बैंकमा चल्ती खाता खोली, सो खातामा चाहिने न्युन्तम मौजदातबारे हामीलाई विवरण दिनुपर्ने हुन्छ। यस्ता सेवाहरुको ब्याजदर बचत खाताहरु भन्दा कम हुने गरेको छ।