क्रेडिट कार्ड

आफ्नो पैसाको नियन्त्रण आफ्नै हातमा –

लक्ष्मी सन्‌राइज क्रेडिट कार्ड प्रयोग गरी कुनै पनि सामान वा सेवा खरीद गरी भुक्तानी मासिक रुपमा गर्न सकिन्छ । डेबिट कार्ड को तुलनामा यो कार्ड प्रयोग गर्न तपाईंको बैंक खातामा ब्यालेन्सको आवश्यकता पर्दैन – तपाईंले पछि समयमा भुक्तानी गर्ने प्रतिज्ञाको साथ तोकिएको सीमा अनुसार कारोबार गर्न सक्नुहुनेछ। कार्डधारकले कार्ड बिल गरिएको पूर्ण रकम वा ॠणको न्यूनतम ५% वा रु १००० (जुन अधिक हुन्छ) रकम भुक्तानी गरी सहज रुपमा प्रयोग गर्न सक्नेछन। बिल रकमको सतप्रतिशत रकम बैंकमा भुक्तानी गरेको खन्डमा ग्रहाकले निर्ब्यजी रुपमा कार्ड मार्फत कारोबार गर्न सक्नेछन ।

सुविधाहरु:

  • नेपाल, भारत र भुटानमा VISA नेटवर्क अन्तर्गत सुरक्षित रूपले ATM,POS तथा E-com Merchant मार्फत अन्लाईन वा अफलाईन कारोबार गर्न सकिने
  • रु ५००० भन्दा कमको कारोबार Tap and Pay मार्फत नै सकिने
  • कुनै पनि समय सामान वा सेवा खरीद गरी आफ्नो सहजता अनुसार भुक्तनी गर्नु सकिने। आफ्नो भुक्तानी योजना अनुरुप कुल बक्यौताको ५%, १०%, २५%, ५०% वा १००% भुक्तानी गर्ने विकल्प
  • अत्याधिक सुरक्षित online कारोबारका लागि 3D Secure Service उपलब्ध
  • लक्ष्मी सन्‌राइज मोबाइल मनीमार्फत तुरन्तै कार्ड ब्लक/अनब्लक/पिन रिसेट वा ग्रिन पिन Apply गर्न सकिने
  • इमेल मार्फत कारोबारको सुचना र बिलिङको जानकारी पाईने
  • ४५ दिन सम्मको क्रेडिट अवधि
  • ५ वर्षसम्मको वैधता

शुल्क:

  • सेवा शुल्कको अनुसुची अनुसार शुल्क लागत हुने

योग्यता:

  • २१ वर्ष वा माथिका नेपाली नागरिक
  • नियमित आयश्रोतको प्रमाण
  • लक्ष्मी सन्‌राइज बैंकका खातावालाहरुको हकमा विगत ६ महिनामा १ लाख रुपैयाँभन्दा बढीको औसत ब्यालेन्स
  • नगद वा नगद समानको धितोको ९०% सम्म क्रेडिट दिन सकिने

कारोबार सीमा

नेपालभारत
एटीएम बाट निकाल्न मिल्नेPOS बाट खरीद गर्न मिल्नेएटीएम बाट निकाल्न मिल्नेPOS बाट खरीद गर्न मिल्ने
प्रति कारोबाररु २५,०००रु २००,०००रु २४,०००रु १६०,०००
प्रति दिनरु १००,०००रु २००,०००रु २४,०००रु १६०,०००
प्रति महिनारु ४००,०००रु ६००,०००रु १६०,०००रु १६०,०००
क्रेडिट कार्ड मार्फत एटिएम बाट नगद निस्काषण क्रेडिट सीमाको १०%

आजै आवेदन दिनुहोस

    आफ्नो कार्ड सम्बन्धी ध्यान दिनु पर्ने कुराहरु :

    • आफ्नो कार्डको PIN कसैलाई पनि नदिनुहोस्
    • कार्ड हराए वा चोरी भएमा तुरुन्तै रिपोर्ट गर्नुहोस्
    • आफ्नो कार्डको पिन समय-समयमा परिवर्तन गर्नुहोस्
    • प्रत्येक कारोबार पछि सो कारोबार्को एसएमएस / इमेलमा आएको सूचना रुजु गर्नुहोस्
    • कारोबारहरूको प्रमाणीकरणका लागि कार्डको statement नियमित जाँच गर्नुहोस्
    • कुनै शन्कास्पद कारोबारहरू फेला परेमा तुरुन्तै बैंकमा सम्पर्क गर्नुहोस्

    कार्ड-सम्बन्धित कुनै पनि जानकारीका लागि, कृपया कार्डहरु बारे सोधिने प्रश्नहरू (FAQs Related to Cards) हेर्न सक्नुहुनेछ ।

    कृपया कार्डको प्रयोग र लागतको समबन्धी नियम, सर्तहरू र सेवा शुल्कहरूको अनुसूची ध्यानपूर्वक पढ्नुहोला। कुनै प्रश्न वा समस्या भएमा आफ्नो नजिकको लक्ष्मी सन्‌राइज बैंकको शाखा वा हाम्रो Cards and Digital Channel Operations मा ०१-४३७१४८४, ४३७३१८१, ४३७३१८३ वा dxsupport@laxmisunrise.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

    3D Secure सेवा

    लक्ष्मी सन्‌राइज बैंकले नबिल बैंक र VISA सँगको संयुक्त जारी गरेको नयाँ 3D Secure सेवाले ग्राहकवर्गलाई सुरक्षित तरिकाले “Verified by VISA (VbV)” सेवामा आवद्ध अनलाइन स्टोरहरु (इकमर्श) मा भुक्तानी गर्न सक्षम बनाउँछ। यो सेवा बाट तपाईंको हरेक कारोबा पटके पिन बाट सुरक्षित हुन्छ। अब इनटरनेटबाट कुनै पनि सामान कुनै पनि समयमा आफ्नो सुबिधा अनुसार खरिद गर्नुहोस। 3D Secure सेवा लिन तलको लिङ्क (शिफारिश गरिएको)मा जानुहोस चा खरिदको समयमा पनि सुचारु गर्नसकिन्छ। सेवा सुचारु बारे थप जानकारी का लागि कृपया यहाँ क्लिक गर्नुहोस। click here. Disclaimer: Please note that Laxmi Sunrise Bank as an associate member of Nabil Bank can offer the services in the above page to Laxmi Sunrise Bank cardholders. Service Charges, Terms and Conditions and other aspects of the services remain the same and apply to Laxmi Sunrise Bank cardholders when used.

    3D Secure सेवाको सुरक्षा विशेष्ताहरु :

    Laxmi Sunrise bank

    यो लक्ष्मी सन्‌राइज बैंकको ब्राण्ड चिन्ह हो र यो चिन्ह बैंकको वेबसाइटमा देखिने जस्तै छ।

    Nabil Bank

    यो नबिल बैंकको ब्राण्ड चिन्ह हो र यो चिन्ह बैंकको वेबसाइटमा देखिने जस्तै छ।

    Verified by Visa

    यो VISA International को 3D Secure सेवाको आधिकारिक ब्राण्ड चिन्ह हो र नबिल बैंक वा पार्टनर बैंकको डेबिट वा क्रेडिट कार्ड बाट अनलाइन भुक्तानी गर्दा यो चिन्ह यो सेवासँग आवद्ध सबै स्क्रिनमा देखिन्छ।

    Electra Card Services

    यो चिन्ह Electra Card Services को हो। सो कम्पनि नबिल बैंकको 3D Secure सेवा होस्ट गर्ने आधिकारीक पार्टनर हो र यो चिन्ह बैंकको 3D Secure सेवाको वेबसाइटमा देखिन्छ।

    DigiCert Inc

    यो DigiCert Inc. भन्ने कम्पनिको ब्राण्ड चिन्ह हो। यो कम्पनिले बैंकको 3D Secure सेवाको वेबसाइटलाइ डिजिटल प्रमाणपत्र प्रदान गरेको छ र सोको चिन्ह 3D Secure सेवाको वेबसाइटमा छ।

    Digital Certificate verified by DigiCert Inc

    कारोबार गर्दा DigiCert बाट प्रमाणित यो हरियो डिजिटल प्रमाणपत्र ब्राउजरको ठेगाना बारमा देखिन सकिन्छ। यो चित्र नमुना मात्र हो।